Rule 30
आखेटोपहारको निकासी पैठारी वा व्यापार गर्न सिफारस प्राप्त गर्नु पर्ने
: व्यापारिक उद्देश्यले आखेटोपहारको निकासी पैठारी गर्नको लागि नेपाल सरकार वन मन्त्रालयको लिखित सिफारिस प्राप्त गर्नको निमित्त दरखास्त दिंदा आखेटोपहार सम्बन्धी कानूनी स्वामित्वको निस्सा वा त्यस्तो आखेटोपहार पैठारी गरिने मुलुकको सम्बन्धित कम्पनी, संस्था वा व्यक्तिको नाउँ र सो सम्बन्धमा आदान प्रदान भएको कागजातको नक्कल समेत पेश गर्नु पर्नेछ ।
२ उपनियम १ बमोजिम सिफारिसको माग गर्ने व्यक्ति व्यापारको लागि आखेटोपहारको निकासी पैठारी गर्न सक्ने देखिएमा अनुसूची (१ बमोजिम लाग्ने दस्तुर लिई नेपाल सरकार वन मन्त्रालयबाट अनुसूची (१३ बमोजिमको सिफारिस पत्र दिइनेछ ।